अयोग्य लडाकूलाई २ लाख दिने निर्णय रोक्न सर्वोच्चको आदेश


१९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले अन्मिनको प्रमाणिकरणमा नपरेका अयोग्य लडाकूलाई जनही २ लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश गिरिशचन्द्र लालको एकल एजलासले प्रमाणिकरणमा नपरेका लडाकूलाई रकम दिने निर्णय भएको भए यथास्थितिमा राख्न आदेश दिएको हो । साथै सर्वोच्चले निर्णयको फाइल महान्यायाधीबक्ताको कार्यालयमार्फत पठाउन भनेको छ । सरकारले निर्णयको फाइल पठाएपछि अन्तरिम आदेशलाई निरन्तरता दिने नदिनेबारे २६ गते निर्णय हुनेछ ।

अन्तरिम संविधान र कानुन विपरित अख्तियारीभन्दा बाहिर गएर निर्णय गरेको भन्दै डेमोक्रेटिक लयर्स एसोसिएसजमन अभिवत्तात्रय विश्वास आचार्य, विमला बर्तौला र राधा सिग्देलले बिहीबार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । रिटमा प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र शान्ति मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......