१३
मंसिर, बाग्लुङ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संबैधानिक
राष्ट्रपतिलाई उक्साएर बिबादमा ल्याउँदा पूर्व राजा ज्ञानेन्द्रको जस्तै
हालत हुने चेतावनी दिनुभएको छ । धौलागिरी अञ्चल अस्पतालको उद्घाटन गर्न
बाग्लुङ पुग्नुभएका प्रधानमन्त्री भट्टराईले भन्नुभयो- ‘तत्कालिन राजा
ज्ञानेन्द्रलाई उकास्दा राजतन्त्र समाप्त भएको इतिहास छ, राष्ट्रपतिजस्तो
सम्मानित संस्थालाई त्यसैगरि बिबादमा तान्ने भूल नगरौं ।’
संबिधानअनुसार मन्त्रिपरिषद्ले गरेका
कामको गुण र दोषको जिम्मा मन्त्रिपरिषद्ले नै लिने भन्दै प्रधानमन्त्रीले
अनाबश्यकरुपमा राष्ट्रपतिलाई बिबादमा नतान्न आग्रह गर्नुभयो । राष्ट्रपति र
प्रधानमन्त्रीवीच सतहमा केही बिबादजस्तो देखिएपनि वास्तविकता त्यस्तो
नभएको प्रधानमन्त्रीको दावी थियो ।
आफ्नो ब्यक्तिगत सम्बन्ध पनि
राष्ट्रपतिसँग राम्रो रहेको भट्टराईले बताउनुभयो । बैशाख मसान्तभित्र
संबिधानसभाको नयाँ चुनाव गर्नुको बिकल्प नभएको भन्दै प्रधानमन्त्रीले
त्यसका लागि दलहरुले निरन्तर प्रयत्न गरिरहेको बताउनुभयो ।
