पुर्ब राजा शाह नवलपरासी जाने

नवलपरासी, कात्तिक १७ । पुर्ब राजा ज्ञानेन्द्र शाह नवलपरासी जाने भएका छन् । आगामी कार्तिक २१ गते बिश्व हिन्दु महासंघ भारतको निमन्त्रणमा पुर्ब राजा शाह नवलपरासीको हरपुरको गोपालपुरमा निमार्ण भएको गोरखनाथ मन्दिरमा मुर्ति स्थापना र धार्मीक यज्ञमा सहभागी हुन जाने भएका हुन् । आयोजक संस्था बिश्व हिन्दु महासंघले कार्यक्रमको तयारी बारे जानकारी गराउने उदेश्यले नवलपरासीको परासीमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा नेपाल र भारतको धार्मिक सम्बन्ध भएकाले पुर्ब राजा शाह समेत यस धार्मिक कार्यक्रममा सरिक हुन आउने कार्यक्रम रहेको तयारी समितीका संयोजक किशोरी महतोले बताएका छन् । उक्त दिन गुरु आदीत्यनाथ योगी र पुर्ब राजा एकै पुजा मण्डपमा रहने बताइएको छ ।
गोरक्षपीठका उत्तराधिकारी योगी आदीत्यनाथ को संयोजकत्वमा हुन गईरहेको यस धार्मिक कार्यक्रमले नेपाल र भारतीय बिच धार्मिक सम्बन्ध , धार्मिक एकता एवंम सांस्कृतिक सहिष्णुतालाई अझै प्रगाढ बनाउने भएकाले यस धार्मिक कार्यमा पुर्ब राजा सहभागी हुन लागेको पत्रकार सम्मेलनमा संचार संयोजक एवंम् बिश्व हिन्दु महासंघकी केन्द्रिय सदस्य अस्मीता भण्डारीले बताउनुभयो । २१ गते मगंलबार दिनको १ बजे पुर्ब राजाले गोपालपुरमा निमार्ण भएको गोरखनाथ मन्दिरमा मुर्ति स्थापना गर्ने साथै केही समय सम्बोधन समेत गर्ने कार्यक्रम तयार भएको पत्रकार सम्मेलनमा तयारी समितीका संयोजक किशोरी महतोले बताएका छन् । बिश्व हिन्दु महांसघको आयोजनामा आउँदो शनिबार देखी कार्तिक २४ गतेसम्म गोपालपुरमा बिबिध धार्मिक कार्यक्रम हुँदैछ । सो क्रममा करिब २ करोडको लागतमा निमार्ण सम्पन्न भएको गोरखनाथ मन्दिरमा मुर्ति स्थापना र सप्ताह महायज्ञ हुने बताइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......