बेलायतमा एक भारतीय मूलका एक आरोपीलाई
अनौठो सजाय सुनाइएको छ । ३२ वर्षीय सुखवीर सिंहलाई इङ्ग्ल्याण्ड र वेल्समा
रहेका म्याकडोनाल्डका १२ हजार रेष्टुरेन्टमा गएर खानपान गर्न रोक लगाइएको
हो ।
आफ्नो
यौन सन्तुष्टिका लागि महिला शौचालयमा गएर अरुको गोपनियता भंग गरेको आरोपमा
उनलाई यो सजाय सुनाइएको हो । यद्यपी उनले यसलाई अस्वीकार गरेका छन् । घटना
केही समय अघिको हो । उनले आफ्नो यौन सन्तुष्टिका लागि म्याकडोनाल्डको एक
रेष्टुरेन्टको महिला शौचालयमा लुकेर बसेको र एक महिलाले देखेपछि
कर्मचारीलाई खबर गरेको डेलिमेलले जनाएको छ ।
सुखबीरलाई रेस्टुरेन्ट वाहेकका स्थानमा पनि महिला कक्ष र ट्वाइलेटबाट समेत टाढा रहन आदेश दिएको छ ।
६ महिनासम्म उनीमाथि नजर राखिनेछ भने १२
महिनासम्म सामुदायिक सेवामा योगदान दिनु पर्नेछ । यस्तै दुई जना महिलालाई
५०-५० पाउण्ड क्षतिपूर्ति दिनु पर्नेछ भने कानूनी खर्चका लागि ६ सय २०
पाउण्ड दिनु पर्नेछ ।

