ग्याल्थुम (सिन्धुपाल्चोक), कार्तिक २१ - सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने चिनियाँ कम्पनीसँगको ठेक्का तोडेपछि आयोजना क्षेत्र सुनसान बनेको छ । ठेक्का तोडिए लगत्तै चिनियाँ कम्पनीले सुरुङ खन्नेलगायत सबै काम रोकेर कामदार फिर्ता लगेपछि मेलम्ची सुनसान बनेको हो । हेलम्बुको अम्बास्थान, महांकालको ग्याल्थुम, सिन्धुकोट र सुन्दरीजल चार वटै ठाउँबाट सुरुङ खन्न थालिएको थियो । ती सबै क्षेत्र सुनसान बनेका हुन् । ठेकेदारले काम रोकेर कामदार लगेपछि सेनाको भीमकाली गुल्मबाट खटिएको टोली सामानको सुरक्षार्थ खटिएको छ । हेर्न आउने आगन्तुक पनि घटेका छन् । सुरुङ खन्ने काममा प्रयोग भएका उपकरणहरू यत्रतत्र छरिएका छन् ।
अधिकांश कामदारले आयोजना क्षेत्र छोडे पनि केही चिनियाँ कामदार भने अझै छन् । उनीहरू काम गरेको पैसा नपाएको भन्दै बसेको हुन् । त्यहाँ बस्नेमा ४५ जना चिनियाँ कामदार छन् । आयोजना क्षेत्रका स्थानीयबासी चिन्तित छन् । 'खानेपानी आयोजनाको काम सुरु भएपछि यहाँको समग्र विकास हुँदै गइरहेको थियो,' मेलम्चीका कृष्ण प्रसाद दुलालले भने 'ठेक्का तोडियो भनेर चुप बस्नु हुँदैन अर्को विकल्प खोजेर रोकिएको काम तत्काल सुरु गर्नुपर्छ ।'