उत्तर कोरियाको राजधानी प्योङयाङमा २६
वर्ष पहिले बनेको १ सय ५ तल्ले होटल आगामी वर्ष खुल्ने भएको छ । यो होटल
प्योङयाङको सबैभन्दा अग्लो भवन हो ।
बनेको लामो समयसम्म पनि सञ्चलनमा नआएपछि
उत्त होटल ‘होटल अफ डोम’को नामले समेत बदनाम भएको छ । यद्यपीको होटलको नाम
भने रयुगयोंग होटल हो ।
यस
होटलको प्रवन्धन केम्पिंस्की नामक सूमहले सम्हालेको छ । यसका कार्यकारी
अधिकारी रेटो विटवरका अनुसार भवनका बनेको १ सय ५० कोटा मात्र होटलका रुपमा
प्रयोग गरिनेछ ।
उनका अनुसार तल्लो तल्लामा पसल,
रेष्टुरेन्ट हुनेछ । यो विश्वको ४७ औं अग्लो भवन हो, जसको उचाई ३ सय ३०
मिटर छ । एक वर्षमा नै निर्माण पूरा गर्ने गरि सन् १९८७ मा सुरु भएको
निर्माण निकै पछि मात्र सम्पन्न भयो । सन् १९९२ मा उत्तर कोरिया आर्थिक
संकटमा परेपछि उक्त भवनको निर्माण रोकिएको थियो ।
‘एस्क्वायर’ नामक अमेरिका पत्रिकाले सन् २००८ मा यस भवनलाई मानव इतिहासको सबैभन्दा खराब भवनको संज्ञा दिएको थियो ।

