डल्लास टेक्सासबाट बिकाश राज न्यौपाने
भन भन भाई हो – देउसी रे
नेपाली समाज टेक्सास द्वारा यमपन्चकको पहिलो दिननै तिहारको प्रवेश हो भन्दै यमपन्चक संगै देउसी भैलो भित्रायो समाजमा। किन लक्ष्मीपूजाका दिन खेलिने देउसी चाडै खेल्न सुरुगर्नु भयो त ? भन्ने प्रश्नमा NST का उप – महासचिव विजय भट्टराई भन्नुहुन्छ “हामी बिदेशी माटोमा स्वदेशी संस्कृति जोगाउने अभियानमा छौ।”
लक्ष्मीपूजाका / गोबर्धन पूजाका दिन खेलिने देउसी भैलो अब नेपालमै पनि
समयानुकुल अघि पछि खेलिन थालिएको छ। Nepalese Society Texas (NST) ले पनि
Community Member हरुको सल्लाहमा Weekdays मा परेको यस पर्वलाई Weekend मै
देउशी – भैलो गर्न सके हाम्रा बाल – बालिकाहरुलाई सहभागी गराउन सकिने ठानी
सुरु गरेका हौ।भन भन भाई हो – देउसी रे
नेपाली समाज टेक्सास द्वारा यमपन्चकको पहिलो दिननै तिहारको प्रवेश हो भन्दै यमपन्चक संगै देउसी भैलो भित्रायो समाजमा। किन लक्ष्मीपूजाका दिन खेलिने देउसी चाडै खेल्न सुरुगर्नु भयो त ? भन्ने प्रश्नमा NST का उप – महासचिव विजय भट्टराई भन्नुहुन्छ “हामी बिदेशी माटोमा स्वदेशी संस्कृति जोगाउने अभियानमा छौ।”
” आफ्नो प्रसन्नता ब्यक्त गर्दै समाजका अध्यक्ष डा. प्रेमराज अधिकारी भन्नुहुन्छ – ‘गत वर्षहरुमा आयोजना गरिने देउसी भैलो मा भन्दा यस पटक ठूलो झन्डै 75 -80 जना को देउसी टोलि बन्यो; हामी सबैलाई आभार ब्यक्त गर्दछौ।’ समाजका महासचिब भुवन आचार्यले दिनुभएको जानकारी अनुसार निम्न महानुभावहरुको मा मात्र देउसी समुह पुग्न भ्यायो – Uttam Lamichhane, Manoj Sigdel, Dr. Murali + Dr. Mohan Adhikari, Ram Pd Dhakal, Kamal Satyal, Dharma Ghimire, Ganesh Lohani, Bimal Shrestha, Naresh Kharel, Deepak Satyal, Raju Humagain,Samir Gyawali, Shyam Devkota, Dilip Gyawali,Ram C Phokeral,Khageshwor Bhandari, Dr. Shekhar Pandit, Sita Sapkota, Temptation Himalayan Cousin, Everest Himalayan Restaurent, Kabita Sharma. देउसी बाट संकलित रकम बाल-बालिकाहरुको बिबिध कार्यक्रमका निमित्त खर्च गरिने बताउनुभयो आर्थिक संयोजक बासु श्रेष्ठले। देउसीमा टीका पौडेल हरि थापाले तथा प्रविन ढकालले भट्याउनु भएको थियो।
बिकाश राज न्यौपाने
डल्लास टेक्सास बाट