१४
मंसिर, काठमाडौं । तीन दिनसम्म उच्च बिन्दुमा कारोबार भएको सुनको भाउ
हृवात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलाको ७ सय
रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष
तेजरत्न शाक्यले अनलाइनखबरलाई दिनुभएको जानकारी अनुसार बिहीबार सुन तोलाको
६० हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छ । बुधबार सुनको भाउ ६१ हजार ५ सय
रुपैंया थियो ।
आइतबार, सोमबार र मंगलबार भने सुन
अहिलेसम्मकै उच्च अर्थात तोलाको ६१ हजार ८ सय ५० रुपैंया कायम थियो । यस्तै
तेजाबी सुनको मूल्य पनि घटेको छ । बुधवार ६१ हजार २ सय ५० रुपैयाँ
प्रतितोलामा कारोवार भएको तेजावी सुन विहीवार घटेर ६० हजार ५ सय ५०
रुपैयाँमा कारोवार भइरहेको शाक्यले वताउनुभयो ।
बिहीबार चाँदीको भाउ पनि घटेको छ । बुधबार
तोलाको १२ सय २० रुपैंयामा कारोबार भएको चाँदी बिहीबार तोलाको १२ सय १०
रुपैंयामा कारोबार भैरहेको संघले जनाएको छ । बिहेको सिजनको बेला भाउ बढ्दा
कारोबार घटेको थियो । अहिले भाउ घटेपछि कारोबार बढ्ने व्यवसायीको विश्वास छ
।

