फेसबुक कमेन्ट काण्डः एकाउन्ट बन्द, ९ पक्राउ

एजेन्सी, मंसिर ५ । छिमेकीमुलुक भारतको मुम्बई सटे ठाणे जिल्लास्थित एक क्लिनिकमा हमला गरेको आरोपमा स्थानीय प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उक्त क्लिनिक भारतीय शिवसेनाका प्रमुख बाल ठाकरेको मृत्युपछि फेसबुकमा ‘कमेन्ट’ गरेको आरोपमा पक्राउ परेकी शाहिन दाढाको हजुरबुबाको भएको बीबीसीले जनाएको छ ।



शनिबार ठाकरेको मुम्बईस्थित उनकै निवासमा मृत्यु भएको थियो । त्यसपछि आतबार उनको अन्तिम संस्कारको दिन मुम्बई ‘बन्द’ गरिएको थियो । जसको विरोध गर्दै शाहिनले आफ्नो फेसबुकमा एक कमेन्ट लेखेकी थिइन् ।

त्यसपछि शिवसेनाका कार्यकर्ताले क्लिनिकमा हमला गरेका थिए भने त्यहाँका विरामीहरु समेतलाई कुटपिट गरेका थिए । तुरुन्तै शाहिनले आफ्नो कमेन्ट हटाएकी थिइन् भने सार्वजनिक माफी पनि मागेकी थिइन् ।

तथापी शिवसेनाका कार्यकर्ताले प्रहरीमा उजुरी दर्ता गराएका थिए, जसका कारण शाहिनलाई पक्राउ गरिएको थियो । त्यसपछि अदालतले पहिला शाहिनलाई न्यायिक हिरासतमा राख्ने आदेश दिएको थियो भने पछि १५ हजार भारतीय रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

यस घटनापछि शाहिन एकदमै डराएकी बीबीसीले जनाएको छ । त्यस्तै शाहिनले यस घटनापछि आफ्नो फेसबुक एकाउन्ट निष्क्रिए गरेको एक भारतीय टेलिभिजनसँगको कुराकानीमा बताएकी छिन् ।

भारतमा यस घटनाले उग्र रुप लिएपछि प्रहरीले पुरै घटनाको छानबिन गर्न लागेको समेत बीबीसीले उल्लेख गरेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......