भारतीय विधायकलाई अदालतमा उपस्थित गराइयो

विराटनगर, कार्तिक २६ - उद्योगी तुलसीराम अग्रवालको अपहरणमा संलग्न भई फरार रहेका भारतीय विधायक जाकिर मियाँ र उनका सहयोगी सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिका नाइके भोलाशंकर तिवारीलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ ।
मियाँ र हुसेन जिउ मास्ने बेच्ने मुद्धामा जिल्ला अदालतका फरार अभियुक्त हुन । उनीहरुलाई झापा प्रहरीले शुक्रवार काँकरभिट्टामा पक्राउ गरी मोरङ प्रहरीलाई बुझाएको थियो । उद्योगी अग्रवाल २०५८ साल माघ १३ गते प्रातभ्रमणको समयमा भारत सहर्षाका पप्पुदेव भुमिहारको नेतृत्वमा विराटनगरको साल्टटेडि्रङ अगाडिवाट अपहरणमा परी ४१ दिन पछि ३ करोड २० लाख भारु फिरौती तिरेर अपहरण मुक्त भएका थिए । विधायक मियाँ र तिवारी अपहरणका योजनाकार भएको प्रहरीको दावी छ ।

अपहरणको सातवर्ष पछि अपहरणका मुख्य नाइके भारत सहर्षका पप्पुदेव भुमीहार पक्राउ परेका थिए । अपहरीत अग्रवालको किटानी जाहेरीका आधारमा भुमीहारलाई जिल्ला अदालत मोरङले २०६५ पुस ६ गते जिऊ मास्ने वेच्ने मुद्धामा १० वर्ष जेल चलान गरेको थियो ।
उक्त मुद्धाको अदालती मिसिल र सवै कागज पत्र सर्वोच्च अदालतमा पुगेका कारण आइतवार विधायक मियाँ र उनका सहयोगी तिवारीलाई अदालतमा हाजीर मात्र गराउने काम भयो । मोरङ प्रहरीका डिएसपी उमाप्रसाद चर्तुवेदीले भने सर्वोच्च अदालतवाट मुद्धाको मिसिल आइपुगेपछि उनीहरुलाई अदालतले वयान लिएर कानूनी प्रक्रिया बढाउने छ । मिसिल सोमवार सम्ममा विराटनगर आइपुग्ने प्रहरीको भनाई छ ।
प्रहरीले कडा सुरक्षाका साथ मियाँ र तिवारीलाई अदालत पुर्‍याएको थियो । मियाँ भारतीय वहालवाला विधायक भएका कारण प्रहरीले उनलाई हतकडी लगाएको छैन । लोक जनशक्ति पार्टीका अररियाका वहालवाला विधायक हुन । उनको पक्राउको विरोधमा शनिवार लोक जनशक्ति पार्टीका कार्यकर्ताले जोगवनी नाका बन्द गरेका थिए । आइतवार भने जोगवनी बजार खुला छ ।


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......