छोरीलाई करणी गरे पछि बाबु घाईते

balatkar-150x150
मकवानपुर, २७ कात्तिक । मकवानपुर जिल्लाको हटिया–४, सिरोधारीमा स्थानीय ५० बर्षीय मंगलबहादुर प्रजाले आफ्नै छोरीलाई जवरजस्ती करणी गरे पछि स्थानीयले कुटपिट गरेका छन् ।
मंगलबहादुरले सोमबार आफ्नै १६ वर्षीया छोरी सृष्टि (नामपरिवर्तन)लाई जवरजस्ती करणी गरेका थिए । बाबुले जवरजस्ती करणी गरे पछि गम्भीर बनेकी सृष्टिले सो विषयमा जानकारी गराए पछि मंगलबहादुरलाई स्थानीयले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
उता मंगलबहादुरलाई कुटपिट गर्ने ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट मंगलबहादुरको हेटौंडास्थित अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......