प्रचण्ड नेतृत्वको गठवन्धनले फेरि पुनःस्थापनाको कुरा उठाउने 2

१० पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास गर्ने भएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको गठबन्धन सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि लचकता अपनाउने र त्यसो हुन
नसके संविधानसभा पुनःस्थापना गरेर अगाडि जाने निष्कर्ष निकालेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
गठबन्धनले पटक पटक राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रयास गरे पनि विपक्षी काँग्रेस र एमाले आफ्नै अडान राखेर देशलाई सङ्कटतर्फ धकेलेको समेत निष्कर्ष निकालेको उहाँले जानकारी दिनुभयो । विघटित संविधानसभाले पारित गरेका विषयलाई लिपिबद्ध गर्न त्यसको पुनःस्थापना गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको गठबन्धनले ठहर गरेको प्रवक्ता सिंहले बताउनुभयो ।
गठबन्धन सचिवालय बैठकले पूर्ण बैठकका लागि कार्यसूची मात्रै तय गरेको छ । ”राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा गठबन्धन सचिवालय बैठकले एजेन्डा तय गरेको र आज तयार भएको एजेन्डा गठबन्धनको पूर्ण बैठकमा राखिन्छ र सोही बैठकबाट पारित गरिन्छ ।” प्रवक्ता सिंहले भन्नुभयो । रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......