पूर्व राजपरिषद् सभापति रायमाझीको निधन 3

२ पुस, काठमाडौं । पूर्व राजपरिषद् स्थायी समितिका सभापति केशरजंग रायमाझीको निधन भएको छ ।
उहाँको ९३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । हिमालय अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका रायमाझीको घरमा नै निधन भएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टीको पूर्व महासचिव समेत हुनुहुन्थ्यो ।
उहाँ नेपाल कम्युनिष्ट पार्टीको पूर्व महासचिव समेत हुनुहुन्थ्यो ।२०१४ साल जेठमा भएको नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनले रायमाझीलाई महासचिवमा चयन गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएको रायमाझी कालान्तरमा राजावादी बन्नु भएको थियो । उहाँ पहिलो जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेकेा सरकारमा राजाको तर्फबाट मन्त्री बन्नु भएको थियो ।
विसं २०५२ मा राजपरिषद् स्थायी समितिको सदस्य बन्नुभएका उहाँ २०५५ फागुन ७ गतेबाट राजपरिषद् स्थायी समितिको सभापति बन्नुभएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । भोलि बिहान उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......