हरेक फोटोग्राफरको एउटै इच्छा हुन्छ आफ्नो
क्यामरामा त्यस्ता दृश्य कैद गर्ने जो अविस्मरणीय बनून् । यहीँ चाहनामा
कोही क्रेजी फोटोग्राफरहरु एक क्लिक लिनकै लागि घण्टौसम्म एक्लै पर्खेर पनि
बस्ने गर्छन् । तर त्यति गर्दा पनि सोँचेजस्तो तस्वीर क्यामरामा कैद नहुन
सक्छ । कहिलेकाहीँ भने यस्तो तस्वीर अनायासै खिचिन्छ जुन खिच्ने बेलामा
खासै महत्वपूर्ण नमानिएको हुनसक्छ, तर पछि हर्ेदा त्यो तस्वीर निकै
महत्वपूर्ण, अविस्मरणीय, रोचक तथा अद्धितिय समेतबन्नसक्छ ।
हामीले यहाँ इन्टरनेटमा प्राप्त त्यस्ता
केही तस्वीर प्रस्तुत गरेका छौँ । यी तस्वीर खिच्नेको नाम थाहा नभएपनि
तस्वीर हर्ेदा लाग्छ मात्र संयोग मिलेमा वा भाग्यले साथ दिएमा यस्ता तस्वीर
कैद गर्न सम्भव हुन्छ ।







