अनौपचारिक सहमति भएको आइतवारका सवैजसो दैनिक पत्रिकाले छापेका छन् ।
नयाँ पत्रिका दैनिकले बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बनाइ त्यसमा कांग्रेस-एमाले सहभागि हुने र त्यो सरकारले चुनावको आधार तयार पारेपछि सुशीललाई नेतृत्व दिने तयारी भएको खवर छापेको छ ।
कान्तिपुर दैनिकले भने कानुनी जटिलता फुकाउनेदेखि सुशीललाई प्रधानमन्त्री बनाउनेसम्मका काम एकै दिन सम्पन्न गर्नेगरि सहमति हुन लागेको खवर छापेको छ । सहमतिका लागि सक्रिय बनेका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बाबुराम सरकारले अध्यादेश पारित गरि राष्ट्रपतिकहाँ पठाउने र सोही दिन राष्ट्रपतिले अध्यादेश पारित गरि सुशीललाई प्रधानमन्त्री बनाउने तयारी भएको बताएका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले भने सुशीललाई प्रधानमन्त्री स्वीकार्न प्रचण्डले शासकीय स्वरुपमा सहमति हुनुपर्ने सर्त राखेको खवर छापेको छ । संघीयताको बिषय नयाँ चुनावले टुंगाउने भएपनि शासकीय स्वरुपमा भइसकेको सहमति पछि पनि लागू हुनुपर्ने सर्त प्रचण्डले शनिवारको भेटमा सुशीलसँग राखेको बताइएको छ ।

