नयाँ प्रधानमन्त्री छान्न थप पाँच दिनको समय

'अन्तिम म्याद' बनाउन दलहरुलाई राष्ट्रपतिको आग्रह

२८ मंसिर, काठमाण्डौं । दलहरुबीच राष्ट्रिय सहमित गरी सरकार गठन गर्न राष्ट्रपतिले फेरि पाँच दिनको समय थप्नुभएको छ । तेस्रोपटक थपिएको ६ दिनको म्याद हिजो (बुधबार) सकिएपछि राष्ट्रपतिले आज फेरि ५ दिन समय थप्नुभएको हो।
मुख्य चार दलका शीर्ष नेतहरुसँग आज बिहान शीतल निवासमा छलफल गर्दै राष्ट्रपति यादवले सहमतिका लागि ५ दिन समय थप्ने जानकारी गराउनुभएको हो । तेस्रोपटक थपिएको ६ दिनको समयमा एकपटक पनि औपचारिक छलफल नगरेका दलहरुले राष्ट्रपतिलाई फेरि म्याद थप्न आग्रह गरेका थिए ।

पटक-पटक म्याद थप्दासमेत सहमति जुट्न नसक्दा चिन्तित भएका राष्ट्रपतिले अहिले दिएको समयलाई अन्तिम र निर्णायक बनाउन दलहरुलाई आग्रह गर्नुभएको थियो ।  शितल निबासबाट बाहिरिदै शिर्ष नेताहरुले अबको समयमा प्याकेजमा मै सहमति हुने बिश्वास ब्यक्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि राष्ट्रपतिले दिएको पाँच दिने समयभित्र जसरी भएपनि सहमति गरेरै छाड्ने बताउनुभयो ।
त्यस्तै काँग्रेस सभापति सुशील कोइरालाले पनि थपिएको समयभित्र सहमति जुट्ने दाबी गर्नुभयो । उपप्रधान एबं मधेशी मोर्चाका संयोजक बिजयकुमार गच्छदारले राष्ट्रपतिले दिनुभएको समयसिमा भित्र प्याकेजमा नै सहमति हुने बताउनुभयो । उहाँले मोर्चासहित तीन दलभित्रैबाट सहमतिय प्रधानमन्त्री चयन हुने दाबी गर्नुभयो ।
दलहरुले सधैजसो शीतल निवास पुगेर सहमति हुने बताउँदै आएपनि त्यहाँबाट बाहिरिएपछि गम्भीर छलफलमा जुट्न आनाकानी गर्दै आएका छन् । सत्ता साझेदारी र लेनदेनबारे प्रमुख दलहरुवीच अहिलेसम्म औपचारिक छलफल हुन सकेको छैन् ।
विज्ञप्ति हेर्नुस् 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......