मुम्बईमा नेपाली महिला बलात्कृत, दुई पक्राऊ

१० पुस, काठमाण्डौ । यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन्

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ ।
समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो ।
प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ ।
कसरी भयो यस्तो ?
उद्दारपछि पिडीत चेलीले प्रहरीलाई आफ्नो हृदयविदारक कथा बताएकी थिइन् । नेपालमा विवाह गरेपछि भारत गएका उनका श्रीमान र उनको सम्बन्ध सुमधुर थिएन । श्रीमानले छोडपत्र गर्न चाहे पनि क्षतिपूर्ति दिन चाहिरहेका थिएनन् । श्रीमानसँग कुरा गर्न मुम्बई पुगेकी पिडीत नेपाली चेली बिहान ३ बजेतिर रेल स्टेशनमा उत्रिएई त्यहाँबाट ट्याक्सी लिएर आफ्ना श्रीमान काम गर्ने कम्पनीमा पुगेकी थिइन् ।
उनका श्रीमान काम गर्ने पर्स बनाउने कम्पनीमा  भेटिएनन् । कम्पनीका मालिक जुल्फिकर शेखले उनलाई बास दिने बाहानामा बलात्कार गरेका थिए । त्यसपछि उनले बेबी गार्डेनमा लगेर फिरोज शेखको जिम्मा लगाए । फिरोजले उनका श्रीमान नौसदलाई भेटाइदिने भन्दै लगे पनि अन्ततः बलात्कार गरेर छाडिदिए ।
पिडीत नेपालीले त्यसपछि आफन्त अफसर शेखलाई पीसीओबाट फोन गरिन् । तिनले रेलको टिकट पनि लिइदिएका थिए । तर, उनले रेल छुटाइन् । अफसरले अफसनालाई एक होटलमा बस्ने व्यवस्था गरिदिन आफ्ना स्टाफ परभेजलाई आग्रह गरे । तर, परभेजले उनलाई कामाथिपुरास्थित एवन लजमा पुर्‍याएर बलात्कार गरे र त्यहीँबाट वेश्यालयमा बेच्ने योजना बनाए ।
पुलिसले अहिले फिरोजलाई खोजी गरिरहेका छन् । तीनैजना बिरुद्ध बलात्कारको मुद्दा दायर भएको र दोषीलाई कारवाही हुने मुम्बई प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......