दिएको समय आज सकिदै, दलहरु सहमति जुटाउने प्रयासमा

२ पुस, काठमाण्डौं । सहमति कायम गर्न दलहरुलाई राष्ट्रपतिले दिएको पछिल्लो समयसीमा आज सकिँदैछ । अनौपचारिक छलफलमा जुटेका दलहरुले आज साँझसम्मा जसरी पनि सहमित गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यद्यपी अहिलेसम्म औपचारिक छलफल भने हुन सकेको छैन् ।

सहमति गर्ने आज अन्तिम दिन दलहरुले औपचारिक छलफल पनि गर्ने तयारी गरेका छन् । आइतबारसम्म भएका अनौपचारीक छलफलबाट भएको अनौपचारीक सहमतिलाई आज प्रमुख चारशक्तिको बैठकमा छलफल गराई सहमति गर्ने तयारी दलहरुको रहेको नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । साँझसम्मा मधेशी मोर्चा सहित प्रमुख तीन दलको बैठक बस्ने तयारी भइरहेको सापकोटाले बताउनुभयो । बैठकका लागि प्रचण्डले संयोजन गरिरहे पनि स्थान र समय तय हुन बाँकी रहेको छ ।
आइतबार एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला बसेर सहमतिको अनौपचारीक मस्यौदा तयार गरेको स्रोतको दावी छ । बैठकमा एकीकृत माओवादी अध्यक्ष प्रंचण्डले एकीकृत माओवादीले अपनाएको लचकता र सहमतिका लागि राख्ने अडानका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......