अनलाइन व्यापार भन्दै ठगी

३ पुस, काठमाण्डौं । अनलाइनबाट सामग्री बेच्ने भन्दै ठगी गरेको हाम्रो बजार डटकमका राजीव श्रेष्ठ पक्राउ परेका छन् । उनलाई हराएका बाइकको ब्लु बुक लिएर ठगी गरेको अभियोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।
राजीवले हराएको बाईकको फोटो साइटमा राख्ने भन्दै सवारी धनीसँग ब्लु बुक माग्ने र पछि ब्लु बुक बेच्न
दवाव दिने गरेको पीडितहरुले बताएका छन् । उनले पहिले बाइक खोज्ने भनेपनि केही समयपछि तपाईलाई हराएको बाइकको ब्लु बुकको के काम भन्दै बेच्न दवाव दिने गरेको खुलासा भएको प्रहरीले जनाएको छ । उनले ब्लु बुक १० हजार रुपैयाँमा किन्ने प्रस्ताव राखेका थिए ।
न्यौपाने थरका ति पीडितले पहिले हाम्रो खबर डटकमबाट बाइकको खोजी गरेका भएपनि पछि उनलाई ब्लुबुक बेच्न बारम्बार फोन आएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा खटिएको सादा पोसाकको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
विभिन्न इलेक्ट्रोनिक सामग्रीसँगै गाडी र बाइकसमेत बेच्न सन् २००५ मा प्रणय श्रेष्ठको नाममा हाम्रोबजार डटकम दर्ता गरी राजीवले अनलाईसेवा सुरु गरेका थिए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......