सिरियाली सेनाको हवाई आक्रमणमा ९० मारिए

९ पुस, काठमाडौं । सिरियामा आन्दोलनरत विपक्षीहरुको कब्जामा रहेको हाल्फायामा सरकारी सेनाले गरेको हवाई कारबाहीमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । एक बेकरीमा पाउरोटी किन्न पुगेकाहरु मारिएको बताइएको छ ।

सरकारी सेनाले विपक्षीहरुलाई लक्षित गर्दै हामा प्रान्तको हाल्फाया क्षेत्रमा आक्रमण गरेको हो । विपक्षी कार्यकर्ताहरुका अनुसार अहिलेसम्म ९० को मृत्युको पुष्टी भइसकेको छ भने सयौं घाइते भएका छन् । यो हवाई कारबाही सिरियामा संघर्ष सुरु भए यताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।
सिरियाको सरकारी टेलिभिजनले भने विद्रोहीहरुले आक्रमण गरेको र सरकारी सेनालाई आरोप लगाएको बताएको छ । फ्रि सिरिया आर्मी नामक विद्रोही सेनाले हामा प्रान्त आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ५ दिनअघि मात्र उसले हलफायालाई स्वतन्त्र क्षेत्र घोषणा गरेको थियो ।
सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध २१ महिनादेखि जारी विद्रोहमा करिब ४४ हजारको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......