नेपाली विद्यार्थीले बनाए फोनबाटै वत्ति बाल्ने र निभाउने प्रविधी


१ पुस, धनगढी । कैलालीका एक विद्यार्थीले टेलिफोनकै भरमा वत्ति बाल्न र निभाउन सक्ने प्रविधी विकास गरेको दाबी गरेका छन् । भेरी प्रविधिक शिक्षालय नेपालगञ्जमा इलेक्टि्रकल इन्जिनियरिङ तेस्रो बर्षमा अध्यनरत् सुमन पौडेलले ‘काँइचो युनिभर्सल स्वीच’ बनाएका हुन् ।
उनका अनुसार सीमकार्डमा सिस्टम जडान गरेपछि फोनकै भरमा बत्ति अन र अफ गर्न सकिन्छ । यसलाई ढोका लगाउन र खोल्नसमेत प्रयोग गर्न सकिने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो- ‘विश्वको जुनसुकै ठाउँमा रहे पनि फोन गरेकै भरमा बन्द गर्न र खोल्न सकिन्छ । यसलाई कार, कर कारखाना लगायतमा प्रयोग गर्न सकिन्छ ।’
पौडेलले २ हजार ४ सय ७५ रुपैयाँको उपकरण किनेर १५ दिनमा यो प्रविधि बनाउनुभएको हो । कैलाली घर भएका पौडेलले यसअघि पनि सेन्सर लाइट, होम सेक्युररिटी सन्टेरको सफल प्रयोग गर्नु भएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......