सोमबारसम्म निकास निस्कन्छ : प्रचण्ड

राष्टपतिसँग भेटवार्ता

१ पुस, काठमाण्डौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सोमबारसम्म सहमति बन्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति डा. रामबरण यादबलाई भेट्न शीतल निवास पुग्नुभएका अध्यक्ष प्रचण्डले दलहरुबीचको अहिले भईरहेको छलफल र सहमतिको प्रयासका बारेमा जानकारी गराउँदै  भन्नुभयो -’मुलक
सहमतितर्फ उन्मुख भईरहेको छ, दलहरुबीच सकारात्मक छलफल चलिरहेको छ, राष्ट्रपतिले दिनुभएको पछिल्लो समयसीमाभित्र सहमति बन्छ ।
भेटमा राष्ट्रपतिले अहिले अनौपचारिक छलफलमा रहेका दलहरुबीच भएका सहमतिका बारेमा चासो राख्नुभएको थियो । सहमतिको विकल्प नभएको भन्दै यादबले अब निर्णायक भूमिका खेल्न प्रचण्डलाई आग्रह गरेको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
यसअघि आइतवार विहानै फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् गृहमन्त्री विजयकुमार गच्छदारले पनि राष्ट्रपतिसंग भेटवार्ता गर्नु भएको थियो । छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै गच्छदारले राष्ट्रपतिले आफूलाई राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको वताउनुभयो । राष्ट्रपतिलाई आफूले सहमति निर्माणका लागि सहज वातावरण बनाउन सक्दो पहल गर्ने आश्वासन दिएको गच्छदारले वताउनुभयो ।
गच्छदारले नयाँ निर्वाचनलगायत सबै विषयमा प्याकेजमा सहमति खोजिनुपर्ने वताउनुभयो । सरकार गठन र विवादित सबै विषयमा सहमति जुटाउन थप एक साताको समय लाग्ने गच्छदारले वताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......