पाकिस्तानमा आत्मघाती आक्रमणमा मन्त्रीको मृत्यु

८ पुस, काठमाडौं । पाकिस्तानमा एक ¥यालीमा भएको आत्मघाती आक्रमणमा बरिष्ठ प्रान्तीय मन्त्री बसीर बलोरसहित ८ जना मारिएका छन् ।
अवामी नेशनल पार्टीको र्‍यालीमा घुसेका आत्मघाती आक्रमणकारीले आफैंलाई विस्फोट गराएको प्रहरीले जनाएको छ । बलोरमाथि यसअघि
पनि पटक–पटक आक्रमण भएको थियो । आक्रमणमा गम्भीर घाइते भएका बशीरको अपरेसनका क्रममा मृत्यु भएको हो ।
आक्रमणमा बशीर बलोरका साथै उनका निजी सचिव पनि मारिएका छन् भने २० भन्दा बढी घाइते भएका छन् । उनीहरुको रिडिङ अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।
¥यालीमा रहेका अवामी पार्टीका नेता हाजी गुलाम अहमद भने बचेका छन् । हमलाको जिम्मेवारी तालिवान समूहले लिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......