कुमारी आमा बनेको १४ वर्षपछि अंश पाइन वसन्तीले

२ पुस, गुल्मी । विवाहको १४ वर्षसम्म एक्लै बस्दै आएकी गुल्मी लिम्घाकी एक दलित महिलाले कुमारी आमा बनेको १४ वर्षपछि अंश पाएकी छ।
लिम्घा गाविस वडा नं १ खोरडाँडा निवासी वसन्ती सुनारले आफ्ना ससुरा नरबहादुर खप्तरीबाट अंश पाएकी हुन् । १४ वर्षअघि प्रेम सम्बन्धकै क्रममा गर्भधारण भएपछि स्थानीय दीपक खप्तरी उनलाई घर नभित्रयाइ भागेका थिए । खप्तरी अहिलेसम्म पनि बेखबर छन् ।

खप्तरी भागेपछि अलपत्र परेकी वसन्ती र उनकी छोरी गीता १२ वर्षसम्म बेवारिसे जस्तै बनेपछि दुई वर्षअघि जिल्ला अदालत गुल्मीले नाता कायम गर्नुका साथै अंश दिनु भनी फैसला गरेको थियो ।
अदालतले फैसला गरेको दुई वर्षसम्म पनि अंश दिन आनाकानी गरेका ससुरा नरबहादुरले शुक्रबार जिल्ला मालपोत कार्यालयबाट विभिन्न ठाउँको चार कित्ता जमिन वसन्तीका नाममा नामसारी गरिदिएको स्थानीय समाजसेवी झविन्द्र थापाले बताउनुभयो । “चौध वर्षसम्म माइतीमै बसेर अधिकारका लागि लडेँ, बस्ने बास, खाने गास थिएन” अंश पाएपछि खुसी हुँदै उनले भनिन्- “अब त थोरै भए पनि छोरीलाई टेकाउने सम्पत्ति पाएकी छु, खुसी लागेको छ ।” रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......