ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र मध्यपुर भिड्ने

५ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र मध्यपुर युथ एसोशियसन भिड्दैछ ।
दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । शीर्ष स्थानमा उक्लन कसरत गरिरहेको थ्रीस्टारलाई मध्यपुरले कडा चुनौती दिने अनुमान गरिएको छ । ६ खेलबाट
१५ अंक जाडेको थ्री स्टार तेस्रो स्थानमा छ भने ७ अंक जोडेको मध्यपुर ११ औं स्थानमा छ ।
दिउँसो साढे २ बजे हुने खेलमा उपाधि दाबेदार मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् । रेलिगेसनको खतरा टाल्न जावलाखेललाई जित्नै पर्ने दबाव छ भने मनाङ आफ्नो अपराजित यात्रा कायमै राख्दै दोस्रो स्थानमा उक्लने योजनामा छ ।
६ खेलबाट १४ अंक जोडेको मनाङ चौथो स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको जावलाखेल पुछारबाट चौथो स्थानमा छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......