२ पुस, काठमाण्डौं । उच्चमाध्यमिक शिक्षा
परिषद्ले हालै प्रकाशन गरेको कक्षा ११ को नतिजा अनुसार ६० प्रतिशत
विद्यार्थी फेल भएका छन् । परीक्षामा आधाभन्दा धेरै विद्यार्थी असफल
हुनुलाई शिक्षाविद्हरुले शिक्षामा सरकारी लगानी ‘बालुवामा पानी’ भएको
टिप्पणी गरेका छन् ।
‘कक्षा ११ मा पढ्ने विद्यार्थीको मनोभावना
बुझेर शिक्षकले पढाउने शैली परिवर्तन गर्नुपर्छ,’ शिक्षाविद्हरुको भनाई छ,
‘सरकारले पनि शैक्षिक भौतिक संरचना विकासका लागि सहयोग गर्नुपर्छ ।’
यस बर्षको कक्षा ११ को परीक्षामा मानविकी,
शिक्षा, विज्ञान र व्यवस्थापनमा गरी कुल २ लाख ८२ हजार ३ सय ५९
परीक्षार्थी सम्मिलित थिए, जसमध्ये १ लाख १४ हजार १९ अर्थात ४० दशमलब ३८
प्रतिशतमात्र उत्तीर्ण भएको खबर नागरिक दैनिकले छापेको छ ।
सबैभन्दा बढी सरकारी उच्चमाध्यमिक
विद्यालयमा फेल भएका छन् । सरकारी उच्च माध्यमिक विद्यालयबाट १ लाख ६४ हजार
३ सय ७८ परीक्षार्थी सहभागी रहेकोमा ४९ हजार ८९ अर्थात ३० प्रतिशतमात्र
पास भएका छन् । तीन बर्षको सरकारी नतिजा ३०-३२ प्रतिशतको हाराहारी रहेको छ ।
शिक्षा विभागका शाखा अधिकृत चिरञ्जीवी
पौडेलका अनुसार सरकारले शिक्षक, छात्रवृत्ति, पाठ्यपुस्तक, भौतिक पूर्वाधार
लगायत शीर्षमा प्रति विद्यार्थी वाषिर्क ५ हजार अनुदान दिँदै आएको छ । यस
बर्ष कक्षा ११ मा सरकारी तर्फ ७० प्रतिशत विद्यार्थी फेल हुँदा राज्यको ५७
करोड ६४ लाख ४५ हजार लगानी निरर्थक भएको छ ।