समाजसेवी महावीर पुनको सक्रियतामा गोरखाको उत्तरी दुर्गम क्षेत्रमा वायरलेस इन्टरनेट सेवा प्रारम्भ हुनेभएको छ ।
मङ्सिर दोस्रो सातादेखि सम्भाव्यता अध्ययन
गरेको नेपाल वायरलेसले ६० हजार अमेरिकी डलरमा सिर्दीबासको जगतदेखि
सामागाउँको साम्दोसम्म वायरलेस इन्टनेट सेवा प्रदान गर्न लागेको हो ।
चैतको अन्तिम सातासम्म यस क्षेत्रका
पर्यटन व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयहरुले उक्त
इन्टरनेट सेवा प्रयोग गर्न पाउने अध्यक्ष पुनले जानकारी दिनुभयो । वायरलेस
इन्टरनेट जडानका लागि गोरखामा पर्यटन पूर्वाधार विकासका लागि काम गर्दै
आएको द ग्रेट हिमालयन ट्रेल नामक संस्थाले आर्थिक सहयोग पुर्याएको छ ।
यस क्षेत्रमा इन्टरनेट सेवा जोडिएपछि
पर्यटकीय क्षेत्रको मौसमको अवस्थाका बारेमा जानकारी लिन, टेलिमेडिसिन सेवा
प्रदान गर्न, विदेशमा पदमार्गको बारेमा जानकारी दिन सहयोग पुग्ने सहयोगी
संस्थाका टिम लिडर भीम हमालले जानकारी दिनुभयो । रासस
