लन्डन फेसन विकमा नेपाली

लन्डन, पुस ८ - यही साता हुने फस्ट इन्टरनेसनल नेपाल फेसन विक २०१२ को तयारी अन्तिम चरणमा पुगेको छ । इभेन्ट म्यानेजमेन्ट कम्पनी गिग एक्ट्राको सहयोगमा लन्डन फेसन हाउसले शो आयोजना गर्न लागेको हो, जुन २३ डिसेम्बरमा लन्डनस्थित दि स्टार, साउथ ह्यारो र २७ मा निरमाया अल्डरसटमा हुनेछ । फेसन शोमा शुभेच्छा भडेल, खुश्बु डंगोल, माल्भिका सुब्बाको हाउस अफ अल्टरनेटिभ अप्यारल (हा),
आकाश श्रेष्ठ, समा बानु, सुरुचिरा शाक्य लगायत दर्जन डिजाइनरले मनमोहक परिधान प्रस्तुत गर्दै छन् । ती पोसाक पहिरिनेछन् मिस टप मोडल युके २०११ आयशा शाक्य, मिस युके नेपाल २०११ गौमाया गुरुङ, मिस युके नेपाल २०१२ दुर्गा गुरुङ, नायिका एवं मोडल सबि्रना श्रेष्ठ सहित दुई दर्जन नेपाली सुन्दरीले । फेसन शोमा ढाकाको पोसाक अनिवार्य गरिएको छ । यस किसिमको बृहत् फेसन शो बेलायतस्थित नेपाली समुदायमा पहिलो पटक हुन लागेको शोकी परिकल्पनाकार एवं लन्डन फेसन हाउसकी निर्देशक मनीषा डंगोल श्रेष्ठले बताइन् । ‘नेपाली डिजाइनरका क्रिएसनलाई विश्वसामु चिनाउने उद्देश्यले शो गर्न लागिएको हो,’ उनले भनिन् । एनआरएनए युके युथ कोअर्डिनेटर तथा पासा पुचः गुठी युकेकी उपाध्यक्ष समेत रहेकी मनीषाले शोबाट संकलित रकमको केही हिस्सा नेपालमा म्युजिक फर चिल्ड्रेन र माइती नेपाललाई दिने बताइन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......