१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवमा चूडामणि खड्का नियुक्त हुनु भएको छ ।आइतबार
बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले समिर दहाललाई नेवा राज्य
समितिमा सरुवा गर्दै खड्कालाई निजी सचिवको जिम्मेबारी दिइएको हो ।
महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गोरखा मिरकोटका खड्का माओवादीमा
प्रचण्डका ‘सम्धी–ज्वाइँ’ भनेर चिनिन्छ । उनी प्रचण्डका
बैठकले बर्तमान सरकारको नेतृत्वमा नै
राष्ट्रिय सहमतीय सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । बैठकमा
राष्ट्रपतिले थप्नुभएको समयसीमाभित्र सहमति गर्नका लागि दलहरुबीच प्रस्तुत
गर्ने एजेण्डका बिषयमा पनि छलफल भएको बुझिएको छ । सहमतीय सरकार गठनका लागि
राष्ट्रपति डा. रामबरण यादवबाट दिइएको समयसीमा सकिन लाग्दासमेत दलहरुबीच
सहमतीय सरकारका लागि कुनै ठोस सहमति बन्न नसकेपछि एमाओबादीले आन्तरिक छलफल
गरेको हो ।
