२५ मंसिर, काठमाण्डौ । जिल्ला प्रशासन
कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा जेल चलान भएका
एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवर छुट्ने भएका
छन् ।
कुँवरसँग धरौटी तिर्न रकम नभएको समाचार
सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएका हुन् । कुँवरका
भिनाजु भीम भारतीले अनलाइनखबरसँग भन्नुभयो-’विभिन्न ठाउँबाट गरेर
झण्डै ६०
हजार सहयोग जुटिसक्यो । अब भोलि धेरौटी बुझाएर छुटाउँछौं ।’
यसअघि सोमबार दिउँसो सार्वजनिक अपराध
मुद्दामा सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले
२८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिनु भएको थियो । तर, धरौटी राख्ने
रकम नभएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो ।
एमाओवादी अध्यक्ष प्रचण्डले कुँवरलाई माफी
दिएको खबर सञ्चार माध्यममा आए भए पनि प्रचण्डको माफीलाई जिल्ला प्रशासनले
थाहा पाएन । महाराजगन्जस्थित २ नम्बर गणमा राखिएका पदमलाई जिल्ला प्रहरी
कार्यालय हनुमानढोका ल्याएको केहीबेरमै सीडियो कार्यालयमा उपस्थित गराएको
थियो । गणका प्रहरीले आजै बिहान पदमका भिनाजु भीम भारतीलाई फोन गरेर कपडा
लिएर आउन भनेको थियो ।
कुँवरले गत मंसिर १ मा भृकुटीमण्डमा
एमाओवादीद्वारा आयोजित चियापानमा प्रचण्डलाई झापड हानेका थिए । लगत्तै
माओवादी कार्यकर्ताबाट कुटिएका कुँवरलाई प्रहरीले पक्राउ गरेको थियो ।

