क्वीन्सल्याण्ड राज्यमा एक बच्चा
भाग्यमानी सावित भए, ताकि उनले आफ्नो दराजमा राखेको ७ वटा जिवित सर्पले
डसेनन् । तीन वर्षीय कायल कमिङ्ग्सले आफ्नो घर छेउमै केही दिन पहिले ७ वटा
अण्डा भेट्टाए । उनले ती अण्डालाई प्लास्टिकको बट्टामा हाले र आफ्नो दराजमा
सम्हालेर राखे ।
उनलाई के थाहा ती अण्डा विशालु सर्पका थिए
। केही दिनपछि ती अण्डाबाट सर्प निस्किए । गत सोमबार उनकी आमाले दराज
खोल्दा उनको होस उड्यो । उनको अगाडी सात वटा इस्ट ब्राउन नवजात सर्प थिए ।
धन्न ती प्लास्टिकको बट्टामा थिए । पछि तीनलाई जंगलमा लगेर छाडियो ।
ती साँपलाई जंगलमा छोड्ने बन्यजन्तु
अधिकारीले समाचार एजेन्सी एपीलाई भने-’त्यसबेलासम्म विषालु दाँत केही
मिलिमिटर मात्र थिए । त्यसैले शायद बच्चालाई टोक्न सक्दैनथे । तर, ती ठूलो
सर्पका जस्तै विषालु थिए ।’
