दु:ख मेरो साथी हो....



दु:ख मेरो साथी हो , अगिबढ्दै जावोस

ढुङगा मुढा बाधा भए , बिच मैं रोके रोकोस


पाईला मेरो रोकिन्न हो , लडो भए
नि म कहिल्यै थाक्दिन
मन मेरो कहिल्यै हार्दैन हो ,

यात्रा मेरो कहिल्यै छोटिन्न
दु:ख नै हो मेरो लाठ्ठी , टेक्दै टेक्दै जान्छु

बिरहमा आँशु झारी , पिउँदै रमाउँछु

पाईला मेरो रोकिन्न हो , आङकुसेले हाने
नि म कहिल्यैं फ़स्दिन
मन मेरो कहिल्यै हार्दैन हो ,

यात्रा मेरो कहिल्यै छोटिन्न
अकासको तारालाई हेर्दै रमाउँछु
अन्धकार रातमा पनि चम्किन सिक्छु

पाईला मेरो रोकिन्न हो , पहाडै खसेनी म
कहिल्यैं छेकिन्न
मन मेरो कहिल्यै हार्दैन हो ,

यात्रा मेरो कहिल्यै छोटिन्न ..


राजु लिम्बु ,
झापा भद्रपुर 
लिम्बुवान नेपाल 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......