मंसिर २९ - बुटवलका विभिन्न होटल र रेष्टुरेण्टमा यौन धन्दामा संलग्न भएको भन्दै प्रहरीले २४ युवायुवतीलाई पक्राउ गरेको छ।स्थानीयको गुनासो प्रहरीसमक्ष परेपछि प्रहरीले
स्थानीय होटल र रेष्टुरेण्टमा गएराति अनुगमन गरेको थियो । अनुगमनका क्रममा
प्रहरीले होटलका विभिन्न कोठाहरुमा यौन क्रियाकलापमा संलग्न भएका २४ जना
युवायुवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १४ पुरुष र १० महिला रहेको प्रहरीले बताएको छ ।
बुटवल इलाका प्रहरी कार्यालयका निरीक्षक रामेश्वर कार्कीका अनुसार होटलका कामदार समेत यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएको छ । प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने समेत बताएको छ ।
कानुनत अवैध रुपमा यौन धन्दा सञ्चालन गर्न नपाइने भए पनि सहरको विस्तार सँगै यौन व्यपार फस्टाउँदै गएको छ ।
