८ पुस, काठमाडौं । स्पेनिस ला लिगा
फुटबलमा लिग लिडर बार्सिलोनाले अपराजित यात्रा कायमै राख्दा डिफेण्डिङ
च्याम्पियन रियल मड्रिड पराजित भएको छ ।
हारसँगै बार्सिलोनाभन्दा १६ अंकले पछि
परेको रियल मड्रिड लगभग
उपाधि होडबाट बाहिरिएको छ । रियलका प्रशिक्षक जोशे माउरिन्होले भनेका छन्–‘हामी गतवर्ष च्याम्पियन बन्दा दोस्रो स्थानको टोलीभन्दा ९ अंकले अघि थियौं । यस सिजनमा हामी धेरै टाढा छौं । मेरो विचारमा अब धेरै टाढा छ ।’
उपाधि होडबाट बाहिरिएको छ । रियलका प्रशिक्षक जोशे माउरिन्होले भनेका छन्–‘हामी गतवर्ष च्याम्पियन बन्दा दोस्रो स्थानको टोलीभन्दा ९ अंकले अघि थियौं । यस सिजनमा हामी धेरै टाढा छौं । मेरो विचारमा अब धेरै टाढा छ ।’
यद्यपी उनले राजीनामा भने नदिने बताए ।
उनले भने–‘म विल्कुल चिन्तित छैन र राजीनामा दिन गइरहेको छैन । म बच्चा हैन
र मलाई थाहा छ रिजल्टको संख्या ।’
शनिबार राति लिग लिडर बार्सिलोनाले
भल्लाडोलिडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लिओनल
मेस्सी, जाभी र टेलोले समान १–१ गोल गरे । यससँगै लिओनल मेस्सीको सन् २०१२
मा ९१ गोल गरेका छन् । उनले हालै मात्र गर्ड मुलरको एक क्यालेण्डर वर्षमा
सर्वाधिक ८५ गोलको ४० वर्षको कीर्तिमान भंग गरेका थिए ।
अर्को खेलमा एथ्लेटिको मड्रिडले
सेल्टाभिगोलाई १–० ले पराजित गरेको छ भने डिफेण्डिङ च्याम्पियन रियल मड्रिड
मालागासँग ३–२ ले पराजित भएको छ । बार्सिलोनाको १७ खेलबाट ४९ अंकसहित
शीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड ४० अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको रियल मड्रिडको भने ३३ अंक मात्र छ र उ
बार्सिलोनाभन्दा १६ अंक र एथ्लेटिको मड्रिडभन्दा ९ अंकले पछि छ ।

