
फर्मुला वान विजेता जेन्सन बटन कार कुँदाउनमा जति अब्बल छन् उनकी प्रेमिका लुगाको बटन खोल्नमा उत्तिकै तेज रहेछिन् भन्ने कुरा प्रमाणित भएको छ ।
अमेरिकाको हवाइस्थित समुद्री तटमा जेन्सन
सँगै देखा परेकी जेसिका मिचिबाटाले सबैसामु पाइन्ट खोलेर आफुलाई मिनी
बिकिनीमा प्रस्तुत गर्दै आफ्नो सेक्सी छविलाई उदांगो पारिन् ।
हालै होनोलुलु म्यारथनमा भाग लिएर फर्किएका जेन्सन पनि सलक्क जिउ परेकी प्रेमिकाको कामुक वयसँग नारिन पाउँदा खुसी देखिन्थे ।



