४० किलो चरेस सहित चारजना पक्राउ


निमुसंगम घर्ती,९ पुस, दाङ । दाङमा ४० किलो चरेस सहित चार जना पक्राउ परेका छन् । तुलसीपुर नगरपालिका-५ नयाँ बसपार्कस्थित न्यू केसी होटलबाट रुकुमका प्रबेश बोहोरा, रोल्पाका लक्ष्मण बिक, प्रेमबहादुर वली र सेरबहादुर डाँगीलाई ४० किलो चरेस सहित एकीकृत माओबादी निकट वाईसीएलले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला सचिब सरोज खड्काले जानकारी दिनुभयो ।
भारत निकासीको तयारी भैरहेको अबस्थामा वाईसीएलले एक हप्ताको अनुसन्धान पछि चरेस सहित उनिहरुलाई आज बेलुकी नियन्त्रणमा लिएको खड्काले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको र उनिहरुलाई कानुन अनुसार कार्वाही हुने दाङका प्रहरी प्रमुख लोकेन्द्र मल्लले जानकारी दिनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......