पछिल्लो
समयमा एक पछि अर्को गर्दै फिल्म सुपर हिट बनेसँगै बलिउडका नम्बर वान
अभिनेता सलमान खानको महत्वकांक्षा मात्र बढेको छैन भाउ पनि ह्वात्तै बढेको छ
। एक था टाइगरले किर्तिमानी कमाइ गरेसँगै चुलिएको प्रसिद्धीलाई क्यास
गर्दै सलमानले आफ्नो भाउ बढाएका हुन् ।
समाचार अनुसार सलमानले हालै एक फिल्ममा
खेल्नका लागि ८० करोड भारु पारिश्रमिक माग गरेका छन् । साजिद नाडियाडवाला
सँग उनको फिल्म किक मा काम गर्नका लागि सलमानले सिधै ८० करोड भारु मागेका
हुन् ।
सलमानले सुरुमा ७० करोड मागेका थिए तर अचानक १० करोड भाउ बढाए ।
सलमान र साजिद निकै राम्रा साथी हुन् ।
त्यसकारण यी दुइबीच कति रकममा सम्झौता गर्ने भन्ने विषयमा अहिलेपनि
कुराकानी चलिरहेको बताइएको छ । हेरौँ सलमानले ८० करोड पाउने हुन् वा होइनन्
?

