राजेन्द्र आचार्य
चितवन, ४ पुस । मान्छे देख्नासाथ आक्रमण
गरिहाल्ने हिंस्रक जंगली हात्ती ‘ध्रुवे’ लाई मार्न चितवन राष्ट्रिय
निकुञ्जमा सुरक्षा टोली परिचालित भएको छ । एक ट्रक नेपाली सेनाको टोलीसहित
निकुञ्जको प्राविधिक टोली धुर्वेलाई ‘जहाँ भेट्यो त्यहीँ मार्ने’ आदेशसहित
परिचालित भएको हो ।
मंगलबार दिनभर खोजी गर्दा पनि नभेटिएको
ध्रुवे साँझपख चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा देखापरेको छ ।
होटल टाइगर टप्सनजिकै रिउ खोला क्षेत्रमा हात्ती देखिएको निकुञ्जका प्रमुख
संरक्षण अधिकृत झमक कार्कीले जानकारी दिए । रात परिसकेकाले हात्तीलाई
टाढाको दूरीबाट मार्न नसकिएको उनले बताए ।
हात्तीको निगरानीका लागि अहिले हात्ती देखिएको पूर्वी र पश्चिमी दुवै क्षेत्रमा नेपाली सेनाको टोली खटाइएको छ । धु्रवे पोथी हात्तीप्रति आकर्षित हुने भएकाले होटल टाइटर टप्सनजिकै निकुञ्जको पोथी हात्ती पनि राखिएको छ । पोथी हात्ती भएको क्षेत्रमा ध्रुवे हात्ती आए रातमै पनि धु्रवेलाई मार्ने कार्कीले बताए ।
निकुञ्जको वनकट्टा पोस्टदेखि सुकीभार पोस्टको क्षेत्रमा सो हात्ती लुकेको अनुमान गरिएको छ । हात्ती मार्नका लागि निकुञ्जको प्रविधिक टोली खटिइसकेकाले संयमित रहन माडीवासीलाई निकुञ्जले अनुरोध गरेको छ । ‘हामीले त्यो हात्तीलाई जहाँ भेटिन्छ त्यहीँ मार्ने आदेशसहितको टोली फिल्डमा खटाइसकेका छौँ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले भने, ‘मंगलबार रातभरमा हात्ती मारिन सक्छ ।’ सबैथोक छाडेर अहिले हात्ती मार्ने कामलाई निकुञ्ज प्रशासनले पहिलो प्राथमिकतामा राखेकाले संयमित हुन उनले माडीवासीलाई आग्रह गरे ।
यता जिल्ला प्रशासन कार्यालय चितवनले जंगली हात्ती मार्नका लागि नेपाली सेना र निकुञ्ज कार्यालयको टोली जंगल क्षेत्रमा परिचालन गरिएकाले सो क्षेत्रमा हिँडडुल नगर्न सबैमा अनुरोध गरेको छ ।

माडीवासीको अराजक आन्दोलन
ध्रुवे हात्ती तत्काल मार्नुपर्नेलगायत माग राखेर स्थानीयवासीले गरेको उत्तेजक आन्दोलनका कारण माडीक्षेत्र तनावग्रस्त बनेको छ । निकुञ्ज प्रशासनले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रेका छन् ।
ध्रुवेले शनिबार मारेका दम्पत्तीको शव प्रदर्शन गर्दै आन्दोलकारीले चौथो दिन दिनभर माडी क्षेत्र तनावग्रस्त बनाए । माग पूरा नगरेको भन्दै मंगलबार आन्दोलनकारीले माडीमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका चारवटा उपभोक्ता समितिका कार्यालयका आवश्यक काजगात जलाइदिएका छन् । पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति, बघौडा मध्यवर्ती उपभोक्ता समिति, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति र कल्याणपुर उपभोक्ता समितिको कार्यालयका कागजात जलाइदिएका हुन् ।
कार्यालयका फर्निचर, दुईवटा साइकल र दराजमा भएका कागजात बाहिर निकालेर जलाइएको थियो । पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा रहेको एक लाख ५० हजार नगद रकम पनि जलेको बताइएको छ । दुईवटा ट्रयाक्टर र एक दर्जन मोटरसाइकलमा आएका युवाले आगजनी गरेका थिए । स्वत:स्फुर्त जम्मा भएको भिडले गर्दी गाविसको बरुवा प्रहरी चौकीमा आक्रमण गर्नुका साथै इलाका प्रहरी कार्यालय माडीको ना २ झ ६३२ नम्बरको जिपमा तोडफोड गरेपछि प्रहरीले तीन राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।
अश्रु ग्यास हातमा लागेर विद्यार्थी नेता भरतपुर ११ घर भएका विक्रम पौडेल र गर्दी उपस्वास्थ्य चौकी बरुवाका प्रमुख गोविन्द पौडेल घाइते भएका छन् । शनिबार राति जंगली हात्तीको आक्रमणबाट गर्दी गाविसका एक दम्पतीको ज्यान गएपछि माडीवासी शवको अन्तिम संस्कारसमेत नगरी आन्दोलनमा उत्रिएका हुन् । माडीबासीले जंगली हात्ती तत्काल मार्नुपर्ने, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, नारायणगढबाट माडी जाने सडक चौडा बनाउनु पर्नेलगायत माग राखेका छन् ।
शनिबार राति ११ बजे मारिएका बुद्धिराम बोट र उनकी श्रीमती जरिया बोटको शव बरफमा राखेर गर्दी गाविसको चौतारोमा राखिएको छ । चार दिन पुरानो शव सडेर बिस्तारै दुर्गन्ध फैलिँदै जान थालेको छ । चौथो दिन पनि नारायणगढ–ठोरी सडकखण्डमा यातायात बन्द गरिएको थियो भने माडीका बजार पसल पनि बन्द गराइएको थियो ।
चितवनका प्रमुख राजनीतिक दलले पनि माडीवासीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मंगलबार आधा घन्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको चौबीसकोठीमा दिउँसो साढे ३ बजेदेखि चार बजेसम्म चक्काजाम गरिएको थियो । यस्तै, भरतपुरमा बसेको सर्वदलीय बैठकले आज बुधबार बिहान १० बजेसम्म प्रशासनले हात्ती मारेको सूचना माडीवासीलाई नदिए बुधबार बिहान ११ बजेदेखि चितवन बन्द आह्वान गर्ने चेतावनी दिएको छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिले पनि मंगलबार एक विज्ञप्ति जारी गरी माडीवासीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । समितिका अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति निकालेर पीडितका माग सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
यसैबीच, सोमबार राति माडीस्थित गर्दर्ी गाविसकै दुई घरमा जंगली हात्तीले क्षति पुर्याएको छ । स्थानीय गर्दी–७ का रामप्रसाद न्यौपानेको घर भत्काउनुका साथै घरमा रहेको सात बोरा धान हात्तीले खेतमा पोखिदिएको पीडित न्यौपानेले बताए । यस्तै, गर्दी–१ कै मुन्सी महतोको घर भत्काएर तीन बोरा धान नष्ट पारेको छ । हात्ती नियन्त्रणका लागि कसराबाट खटिएको नेपाली सेनाको टोलीले दुवै स्थानमा पुगेर पाँच राउन्ड हवाईफायर गरेपछि हात्ती जंगलतिर भागेको र थप क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय चितवनले जनायो ।

ध्रुबेको कथा
राजतन्त्र रहँदासम्म चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रमा जन्मने हात्तीको नाम राजपरिवारका सदस्यको नामबाट राख्ने चलन थियो । राजा महेन्द्रदेखि पारससम्मका नामबाट हात्तीका नाम राखिएका थिए । तर, राजतन्त्र हटेपछि भने हात्तीको नाम राख्ने परम्परा टुटेको छ ।
तीन वर्षअघि जुम्ल्याहा हात्ती जन्मेपछि तिनीहरूको नाम राम–लक्ष्मण राखियो । अहिले खोरसोरअन्तर्गत निकुञ्जको मातहतमा दुई सय ५० वटा हात्ती छन् । निकुञ्जमा ५० भन्दा कम संख्यामा जंगली हात्ती छन् । ती हात्तीको नाम भने छैन ।
धु्रवे भनेर चिनिने हात्ती समूहभन्दा बढी एक्लै हिँड्ने र अरू हात्तीभन्दा बढी ठूलो आकारको रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले जानकारी दिए । विशेषगरी निकुञ्ज तथा निकुञ्ज आसपासका पोथी हात्तीसँग संसर्गका लागि निकुञ्जबाहिर आइरहने यो हात्तीले तीन वर्षअघिदेखि नै आफ्नो छुट्टै पहिचान बनाइसकेको थियो । ठूलो आकारको रहेकाले यो हात्तीबाट गर्भिणी हुने हात्तीले राम्रो बच्चा जन्माउने विश्वास गरिँदै आएको थियो । तर, डेढ वर्षअघि यो हात्तीको आक्रमणबाट घाइते भएको होटल टाइगर टप्सको एउटा हात्ती २५ दिनपछि उपचारका क्रममा मर्यो ।
नवलपरासीदेखि बारासम्म निकुञ्ज र आसपासका जंगल हुँदै ओहोरदोहोर गरिरहने यो हात्ती विशेषगरी धान पाक्ने मौसममा चितवन राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा रहेका बस्तीमा पस्ने र जनधनको क्षति पुर्याउँदै आएको छ । करिब दुई वर्षअघि यो हात्तीले निकुञ्जको मुख्य कार्यालय कसरानजिकै निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान धु्रव श्रेष्ठको ज्यान लिएपछि यसलाई ‘धु्रवे’ भन्न थालिएको हो । त्यसपछि यो हात्तीले बारामा चार, पर्सामा तीन र चितवनको माडीमा तीन गरी १० जनाको ज्यान लिइसकेको छ ।
मान्छेको आवाज, बत्ती बलेको र सिधा लाइट फोकस भएको अवस्थामा निकै आक्रामक ध्रुवे हात्तीको निगरानीका लागि रेडियो कलर पनि जोडिएको छ । तर, जंगल क्षेत्रमा करिब तीन सय मिटर र बाहिरी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रभित्र मात्र रेडियो कलरको सिग्नल हुने भएकाले यसले निकुञ्जको निगरानीबाट बचेर आतंक मच्चाउने गरेको छ ।