लुटेरा काठमाडौँबाट झिकाइय
निमुसंगम घर्ती
१० पुस, दाङ । दाङको तुलसीपुरमा रहेको
बैंक अफ काठमाडौँको शाखाका क्यासियर खगेन्द्र बस्नेतकै योजनामा बैँक
लुटिएको रहस्य खुलेको छ । बैंकको रकम हिनामिना गरेपछि हिसाब मिलान गर्न
अप्ठारो भएपछि बस्नेतले काठमाडौँबाट लुटेरा झिकाएर बैंक लुटाएको रहस्य
खुलेको हो । तीन जनाको समूहमा आएका लुटेराहरुले बैंकवाट शुक्रवार साँझ
बैंकको शाखावाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ लुटेका थिए ।
लुटपाटको शंकास्पद रहेको भन्दै प्रहरी
बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दै जादा प्रहरीको
नियन्त्रणमा रहेका बस्नेतले काठमाडौबाट तीन जना व्यक्तिलाई बोलाएर लुटपाट
गरेको स्विकार गरेका हुन् । काठमाडौबाट बोलाइएका लुटेराहरुलाई करिब २५ लाख
रुपैयाँ खुवाएको प्रहरी स्रोतले बताएको छ । प्रहरी नियन्त्रणमै रहेका
बस्नेतको बयानका आधारमा लुकाई राखेको अबस्थामा ८६ लाख ८९ हजार नगद बरामद
गरिएको छ । बस्नेतका भाई नाता पर्ने कुमारी बैँकका चालक मानपुर ९ घर भई
तुलसीपुर-४, शिबनगरमा डेरा गरि बस्ने अमर बोहराको कोठमा बोरा, ओछ्यान,
गाग्री र सिरानिमा लुकाएर राखेको अबस्थामा करीब ८९ लाख रुपैयाँ फेला परेको
हो ।
बिभिन्न समयमा गरि बस्नेतले करिब ८५ लाख
रुपैयाँ बैंकको हिनामिना गरेको र हिसाब मिलान गर्न अप्ठारो हुने भएकाले
लुटपाटको नाटक गर्नु परेको प्रहरीमा बयान दिएको स्रोतको भनाई छ । त्यस्तै
बस्नेतले रकम जम्मा गर्न गएका व्यक्तिहरुको रकम पनि खातामा जम्मा नगरि आफै
खाने गरेको खुलासा पनि भएको छ । बैंकबाट २ करोड ६ लाख बढी लुटिएको
निए पनि
केही रकम पहिले नै निकालेर हिसाब मिलाउन अप्ठेरो परेपछि नाटकिय शैलिमा
लुटपाट गरेको अनुमान गरिएको छ । त्यस्तै क्यासीयर बस्नेतकै साथमा उनले
काटेको ९ लाख ९० हजारको चेक पनि प्रहरीले बरामद गरेको छ । घटनाका बारेमा
अनुसन्धान गर्नका लागि क्षेत्र, अञ्चल, जिल्ला, इलाका, शसस्त्रका प्रहरी र
केन्द्रीय अनुसन्धान व्युरोको टोलि पनि दाङमा छ । घटना बारे प्रहरीले
बिस्तृतरुपमा पत्रकारहरुलाई औपचारिक जानकारी भने गराएको छैन् ।
