यी दृश्यहरु झ्वाट्ट हेर्दा तपाइँलाई यो
कुनै लन्ड्री अर्थात कपडा धुने ठाउँको तस्वीर हुनुपर्छ भन्ने लाग्नसक्छ ।
तर त्यसो होइन यो चिनको हुबेइ विश्वविद्यालयको दृश्य हो । हुबेइ
विश्वविद्यालयको परम्परागत चिकित्सा विज्ञान संस्थानको भवन तथा छात्रावासमा
विद्यार्थीहरुले आफ्ना कपडा यस्तो गरी सुकाउँछन् की सो हेर्दा त्यो कुनै
कलेज नभएर कपडा धुने कारखाना वा धोविघाटको याद आउँछ । भुइँतला देखि
माथिल्लो तला सम्मको बार्दली तथा भित्ताहरुमा समेत रसी टाँगेर रंगी चंगी
कपडा सुकाइएको दृश्य इन्द्रेणी जस्तो प्रतित हुन्छ ।
विश्वविद्यालयमा झण्डै १० हजार विद्यार्थी
छन् र छात्राबासमा विद्यार्थीको चाप निकै बढि छ । छात्राबासमा कपडा
सुकाउने ड्रायर छैन त्यसैले घाममा कपडा सुकाउनु विद्यार्थीहरुको बाध्यता हो
। हुबेइ प्रान्तको विश्वविद्यालयमै कपडा सुकाउने जात्रा चलिरहँदा चिनको
सांघाइ महानगरले भने बाहिर देखिने गरी घाममा कपडा सुकाउन बन्देज लगाउँदै
ड्राएरमा कपडा सुकाउनुपर्ने नियम बनाएको छ । हरे कस्तो अचम्म ?




