चितवनमा फेरि हात्ती आतंक

८ पुस, चितवन । चितवनकोमा फेरि जंगलि हात्तीको आतंक सुरु भएको छ । हात्तीले चितवनको माढीमा रहेका सुकुम्बासीबस्तिका पाँच घर भत्काएको छ ।
उक्त घरमा आक्रमण गर्ने हात्ती विगतदेखि नै आतंक मच्चाउँदै आएको ध्रुवे नै भएको स्थानीयबासीले बताएका छन् । तर त्यसको यकिन पुष्टि भने हुन सकेको छैन् ।

एक हप्ता अघि माढिका बोट दम्पत्तिको हत्या गरी फरार भएको धु्रवे हात्तीलाई मार्न स्थानीय प्रशासन सक्रिय भएर खोजी कार्यमा लागे पनि अहिलेसम्म फेला पार्न सकेको छैन् । ध्रुबे मार्न खटिएको टोलीले गत बिहीबार केही राउण्ड गोली हानेको दाबी गरेको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......