२४ मंसिर काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन
थापाले प्रधानमन्त्रीमा सुशील कोइरालाको दाबी छाडेर कांग्रेसले एमाओवादी
अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्
ताव अघि सार्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंको रातोपुलस्थित आफ्नो निवासमा अनलाइनखबरसित कुरा गर्दै नेता थापाले कांग्रेस कोइरालाकै अडानमा बसिराखोस् र बैसाखमा चुनाव गर्नु नपरोस् भन्ने एमाओवादीको चाहना रहेको दाबी गर्दै कांग्रेसले माओवादीको इच्छा पूरा गर्न नहुने बताउनुभयो । ‘बरु हामीले प्रचण्डलाई नै प्रधानमन्त्री मानेर भए पनि बैसाखको निर्वाचनलाई केन्द्रमा राख्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
अन्तरिम संविधान र राष्ट्रपतिजस्तो संस्थालाई बचाउने दायित्व अब कांग्रेसकै काँधमा रहेको भन्दै निर्वाचनको प्रक्रियामा जसरी पनि मुलुकलाई लैजानुपर्ने र त्यसका लागि जे गर्दा बैसाखमा चुनाव हुन्छ, कांग्रेसले त्यही नीति लिनुपर्ने थापाले बताउनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले ‘ब्याटल’ कमाण्डरले जसरी छिनछिनमा नयाँ-नयाँ पाइला चालिरहेको हुनाले कांग्रेसले पनि परिस्थितिअनुरुप कार्ड खेल्न र जनतालाई माओवादीको भ्रमबाट मुक्त पार्न सक्नुपर्ने थापाको कथन छ । सुशीलकै नाममा अडिइराख्दा कांग्रेसले नै सहमति हुन दिएन भन्ने जनतामा भ्रम पर्ने भन्दै थापाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेपछि माओवादीले मान्यो भने ठीकै छ, मानेन भने उसले नै सहमति र चाहेको छैन भनेर जनतालाई छर्लङ्ग हुने तर्क गर्नुभयो ।
तर, बैसाखको चुनावमा तीनवटा मतपत्र राखिनुपर्ने थापाको प्रस्ताव छ । ‘मभित्र एउटा धारणा छ, मैले त्यसलाई पार्टीभित्र राखें, सार्वजनिकरुपमा लेखें, संवैधानिक कानूनका अभिवक्ताहरुसित पनि भनिराखेको छु । कसैले हुँदैन पनि भन्दैनन् तर मेरो प्रस्ताव कार्यसूचीभित्र प्रवेशै गरेको छैन ।’ थापा भन्नुहुन्छ-’मेरो प्रस्ताव के हो भने बैसाखमा निर्वाचन गरौं, तर एकै दिनमा एउटा व्यक्तिले ३ वटा मत हाल्न पाउने व्यवस्था गरौं ।’
अन्तरवार्ताका क्रममा नेता थापाले राजनीतिमा आउन इच्छुक कान्छो पुस्ताका किशोर, किशोरीसमक्ष तीनवटा पूर्वशर्त राख्नुभएको छ । त्यस्तै फेसबुक, ट्वीटर र अनलाइनबाट नेतालाई गाली गरिरहेकाहरुलाई पनि थापाले विशेष सल्लाह दिनुभएको छ । उहाँले आफूभित्रको सीमाबारे पनि खुलासा गर्नुभयो