पारसले गर्दा ज्ञानेन्द्रका सन्तान नै थाई जेलमा

parasकाठमाडौ, पुस ३ । पारस शाहका कारण पूर्बराजा ज्ञानेन्द्र शाह श्रीमतीसहित थाईल्याण्डको जेलमा पुगेका छन् । मादक पदार्थसेवन गरी होटलमा तोडफोड गरेको आरोपमा थाइल्याण्डमा प्रहरी हिरासतमा रहेका छोरा पारसलाई भेट्न पूर्बराजा ज्ञानेन्द्र सपरिवार सिङ्गापुरबाट थाईल्याण्ड लागेको जानकारहरुले बताएका छन्।

सिंगापुर लागेको पूर्बराजपरिवार भोलीपल्ट नै थाइल्याण्ड पुगेको थियो। झन्डै दुई वर्षदेखि परिवारसित सम्पर्कबिहीन भएर थाइल्याण्डमा बसिरहेका छोरा पारसलाई भेट्न पूर्बराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, ज्वाइँ राजबहादुर सिंह, नाति/नातिनासहित सम्पूर्ण परिवार नै त्यसतर्फ गएको छ ।
साथमा पूर्बराजाका सचिव सागर तिमिल्सिना र सुरक्षा गार्ड राजीव शाही पनि रहेको थाहा भएको छ। कोमलको सिंगारपुरमा उपचार गराउने पूर्ब राजपरिवारको पूर्वनिर्धारित कार्यक्रमनै थियो भनिन्छ। तर, थाइल्याण्डमा रहेका पारस पक्राउ परेपछि उपचारभन्दा पहिले निजलाई भेट्ने कार्यक्रम ज्ञानेन्द्रले बनाउनु परेको थाहा भएको छ। दुई साताअघि थाइल्याण्डकै एक होटलबाट गाँजा र एक महिलासहित पक्राउ परेका पारस जमानतमा रिहा भएका थिए। त्यहाँको अदालतले निजलाई दोषी ठहरगर्दै एक महिना लागुऔषध सुधार केन्द्रमा राख्न आदेश दिएको थियो। तर, निज छाती दुखेको भन्दै अस्पताल गएपछि सुधार केन्द्र जाननसक्नुको कारण बताउन प्रहरीकहाँ जाँदा प्रहरीले हिरासतमा राखेको थियो। होटलमालिकले २० लाख भाट (करिब ५७ लाख नेपाली रुपैयाँ) बराबरको क्षति पुर्‍याएकोे उजुरी गरेको थाहा भएको छ। पारसलाई भेटेपछि पूर्बराजा ज्ञानेन्द्र सपरिवार सिंगापुर फर्किनुहुने छ। तर पारसलाई सिंगापुरमा प्रबेश गर्न पनि निषेध गरिएको छ। लामो समय बस्ने भएकाले ज्ञानेन्द्रले सिंगापुरमा फ्लाट नै लिनु भएको छ र केही बन्द ब्यापार पनि त्यही शुरु गर्नु भएको छ। सिंगापुरमा रहँदा पूर्बराजा ज्ञानेन्द्रले केही भारतीय नेतासित भेट्ने कार्यक्रम पनि बनाएको दरबार निकट व्यक्तिहरुको भनाई छ। केही दिनअघि नेपाल आएका भारतीय नेता करण सिंहसितको भेटपछि भारतीय नेताहरुलाई भेट्ने कार्यक्रम र मिति तय भएको बताइन्छ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......