यो वर्ष सन् २०१२ मा केही भिडियोहरुले
इन्टरनेटमा निकै धेरै तहल्का पिट्न सफल भए । पप गितका भिडियो देखि प्यारोडी
तथा विज्ञापन समेतका भिडियोले आश्चर्यजनक रुपमा यु ट्युव तथा अन्य
माध्यमबाट इन्टरनेटमा धूम मच्चाउन सफल भए ।
एकाएक चर्चामा आएका यस्ता भाइरल भिडियो
मध्ये केही हेर्न लायक पनि थिए भने केही बकम्फुस्से । तरपनि मान्छेले यस्ता
भिडियो हेरेरै छाड । सीएनएन ले यो वर्षका सबैभन्दा चर्चित भिडियोको सूचि तयार पारेको छ जसले यु ट्युवमा धूम मच्चाउन सफल भए । ती भिडियोहरु निम्नानुसार छन् :
१.ग्यांगनम स्टाइल : सन्
२०१२ ग्यांगनम स्टाइलको वर्ष भयो भन्दा पनि फरक नपर्ला । दक्षिण कोरियाली
र्याप गायक साइको यो र्याप गितको भिडियो सन् २०१२ को सबैभन्दा चर्चित
भिडियोको रुपमा मात्र रहेन यु ट्युवमा अहिलेसम्मै सबैभन्दा बढि हेरिएको
भिडियो बन्न सफल भयो । जुलाइमा रिलिज भएको यो रोचक भिडियो ८२ करोड ६० लाख
जनाले यु ट्युव मार्फत हेरे, जबकी त्यसअघि सम्म सबैभन्दा बढि हेरिएको
जस्टिन बाइबरको गित बेबी ८० करोड ४ लाख जनाले हेरेका थिए ।
ग्यांगनम स्टाइल यतिधेरै चर्चित बन्यो की
यसको नक्कल गरेर विभिन्न प्यारोडी बनाइयो । मिट रोम्नी स्टाइल देखि लिएर
गद्दाफी स्टाइल तथा किम जोङ स्टाइल नामका प्यारोडी बनाइए र उत्तिकै चर्चित
पनि भए ।
२. टेलिभिजन विज्ञापनको करामत : ए ड्रामाटिक सरप्राइज
इन क्वाइट स्क्वाएर नामक यो भिडियो यु ट्युबमा निकै चर्चित बन्न सफल भयो ।
बेल्जियमको नयाँ टेलिभिजन टिएनटी को विज्ञापन गर्दै तयार पारिएको यो रोचक
भिडियोमा बेल्जियमको एक सहरको मुख्य चोकमा भएका रोचक नाटकीय घटनालाई
समेटिएको छ । संचार माध्यमले कुन कुरा सत्य हो कुन कुरा बनाबटी वा नाटकिय
हो भन्ने कुरा छुट्टाउनुपर्छ भन्ने अभिप्राय रहेको यो भिडियो हेरौँ हेरौँ
पार्ने खालको छ । यो भिडियो यु ट्युब मार्फत ३८ करोड ८० लाख जनाले
हेरिसकेका छन् ।
