बलिउडकी चल्तीकी अभिनेत्री बेबो
अर्थात् करीना कपूर कति महंगी छिन् भन्ने कुरा हालै उनले कुम्ल्याएको धनले
पुष्टी गरेको छ । करीनाले ८ मिनेटकै झण्डै डेढ करोड भारु लिएपछि उनको भाउ
छोइनसक्नु भएको प्रष्टै भएको हो ।
विवाहको पार्टीमा नाच्न अस्विकार गरेको
खबर सेलाउन नपाउँदै उनले एक
सरकारी कार्यक्रममा भने मच्चाले कम्मर
मर्काउँदै मोटो रकम खल्तीमा हाल्न सफल भएकी हुन् ।
छत्तिसगढ सरकारले राज्य स्थापना उत्सवको
अवसरमा आयोजना गरेको सांगितिक कार्यक्रममा निम्तो गरिएकी करीनाले केबल ८
मिनेट नाचिन् । त्यसबापत उनले १ करोड ४० लाख भारु पारिश्रमिक लिइन् ।
कांग्रेसका विधायक मोहम्मद अकबरले भने सरकारले यस्तो फजुल खर्च गरेको भन्दै
विधानसभामा कडा आपत्ति जनाए ।
हुनत करीनाले मोटो रकम लिएर नाचेको उक्त
उत्सव एक महिना भन्दा अघि नै आयोजना भएको थियो । करीनालाई उक्त उत्सवमा
बोलाउनका लागि राज्य सरकारको संस्कृति मन्त्रालयले चार्टड प्लेन पठाएको
थियो र उनलाई १ करोड ४० लाख भारु पारिश्रमिक दिएको थियो ।
