स्वास्थ्य केन्द्रमा औषधिको अभाव, बिरामी मर्कामा


१३ पुस, रोल्पा । आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पामा औषधि अभाव भएको छ । औषधिको अभाव हुँदा आयुर्वेदिक औषधि प्रयोग गर्ने बिरामीहरु मर्कामा परेका छन् ।
आ.व. २०६९/०७० मा एक पटक पनि औषधि नआएपछि औषधिको अभाव भएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित आयुर्वेदिक स्वास्थ्य केन्द्रमा सरकारले आवश्यकता अनुसार
औषधि समयमा नपठाउँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । पहिले प्रत्येक महिना महिनामा औषधि पठाउने गरेको भएपनि विगत ३ वर्षयता सरकारको लापर्वाहीका कारण वर्षमा एक पटक मात्र औषधि आउने गरेको त्यसमा पनि यो वर्ष अझैसम्म औषधि नआएको आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पाका निमित्त कार्यालय प्रमुख द्वारिका साहले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा औषधि नहुँदा सेवाग्राहीहरु दिनहुँ खाली हात र्फकने गरेका छन् । पछिल्लो समयमा एलोपेथिक औषधि प्रयोग गरी निको नभएका दिर्घरोगीहरु आयुर्वेदिक औषधितर्फ आकषिर्त हुँदै आएका छन् । केन्द्रमा आउने बिरामीहरुमा विशेषगरी दिर्घरोगी जस्तै जन्डीस, चिनीरोग, पत्थरी, दम, आउँ लगायत समस्या भएका बिरामीहरु आउने गरेको साहले बताउनुभयो । औषधि अभावका कारण केन्द्रमा आउने सेवाग्राहीहरुलाई पर्याप्त सेवा दिन नसकिएको साहले गुनासो गर्नुभयो । जिल्लामा गत २०६२ सालदेखि सञ्चालनमा आएको आयुर्वेदिक स्वास्थ्यकेन्द्रमा ७ जना कर्मचारीको दरबन्दी भएपनि हाल ५ मात्र कार्यरत छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......