म प्रधानमन्त्री बन्न खोजे सहमतिको वातावरण विग्रन्छः प्रचण्ड

माओवादी र कांग्रेससँग सम्झौता हुन जरुरी

२५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न खोजे सहमतिको वातावरण विग्रने बताउनु भएको छ ।
धेरैले तपाई नै प्रधानमन्त्री बन्नुस भन्ने गरेको भन्दै उहाँले आफूलाई प्रधानमन्त्री बनेर भन्दा बाहिर बसेर नै सहमतिका लागि भूमिका खेल्न
सजिलो हुने बताउनु भयो । ‘अहिले म प्रधानमन्त्री बन्न खोज्नु भनेको सहमतिको वातावरण विगार्नु हो’ बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा प्रचण्डले भन्नुभयो-’सबैले म प्रधानमन्त्री बन्दा सहमति हुन्छन् भन्छन् भने यसबारे छलफलसम्म गर्न तयार छु । किनकी त्यसलाई अस्वीकार गर्नु भनेको जिम्मेबारीबाट पन्छनु हो ।’
माओवादी अध्यक्ष प्रचण्ड राजनीतिक गतिरोध अन्त्यका लागि पहिले माओवादी र कांग्रेसबीच सम्झौता हुनु पर्ने बताउनु भयो । ‘१२ बुँदे समझादारी हुँदा पनि गिरिजाप्रसाद र मेरोबीचमा पहिले सम्झौता भएको थियो’ उहाँले भन्नुभयो-’अहिले पनि पूर्ण सहमति हुन नसकेपछि दुईशक्ति माओवादी र कांग्रेसबीच सम्झौता हुनुपर्छ ।’ सहमतिका लागि आफ्नो पहल जारी रहेको तर, प्रतिगामी शक्ति माओवादीलाई बदनाम लगाउन लागि सकेकोले राष्ट्रपतिले तोकेको समयमा सहमति जुट्छ भन्ने निश्चित नरहेको बताउनु भयो ।
आइतबार कांग्रेस नेताहरुसँग छलफल गरेका प्रचण्डले सोमबार एमाले अध्यक्ष झलनाथ खनालसँग कुराकानी गर्नु भएको थियो ।
 
 
 
 
 
 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......