१७ पुस, कैलाली । कैलालीको धनगढीमा गोली
लागि एक युवक घाइते भएका छन् । धनगढी नगरपालिका चटकपुरका सुनिलप्रसाद
पन्तले चलाएको गोली लागि धनगढी नगरपालिका वडा नं. ३ विशालनगरका सरोजसिंह ऐर
घाइते भएका हुन् । गएराति साढे ११ बजे घरमा सुतिरहेका ऐरलाई सिंह थरका
एकजनाको घर
देखाउन बोलाएका पन्तले ऐरसँगको सामान्य विवादमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक सुदाम रावलले दिनुभयो ।
देखाउन बोलाएका पन्तले ऐरसँगको सामान्य विवादमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक सुदाम रावलले दिनुभयो ।
ऐरको दायाँ पाखुरामा गोली लागेको छ ।
उनलाई थप उपचारका लागि कोहलपुर अस्पताल लगिएको छ । गोली चलाउने पन्तलाई
प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पन्तबाट प्रहरीले युएसमेड अटोमेटिक
पेस्तोल र सोको गोलीसमेत बरामद गरेको छ ।