आगलागीबाट दुई घरसहित लाखौँको मालसमान क्षति

१३ पुस, कालीकोट । कालिकोटको सदरमुकाम मान्मस्थित लक्ष्मी होटलमा बिहीबार राति आगलागी हुँदा होटलमा रहेका मालसमानसहित त्यससँगै जोडिएको खाम्मा शाहीको घरमा क्षति पुगेको छ ।
विद्यार्थीहरुले मैनबत्ती बालेर अध्ययन गरिरहेको बेला कपडा सल्किएर आगलागी सुरु भएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगलागीबाट लक्ष्मी होटलसँगै जोडिएको कल्पना फोटो स्टुडियोमा रहेको कम्प्युटर, फोटोकपी मेसिनलगायतका सामानमा क्षति बताइएको छ ।
गत वर्ष मान्म बजारमा रहेको मिलन दाजुभाइ होटलमा मैनबत्तीबाट आगलागी हुँदा एक प्रहरीसहित दैलेख कुशापानी निवासी वीरेन्द्र कठायतका दुई बच्चाको मृत्यु भएको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......