अर्जेन्टिनाकी एक २३ वर्षीया महिलाले आफ्नै जुम्ल्याहा बहिनीको हत्या गर्ने हत्यारा युवकसँग बिहे गर्ने घोषणा गरेकी छिन् ।एडिथ कासास नामकी युवतीले बहिनीको हत्यारा विक्टर सिंगोलानीसँग जोडी
बाँध्ने निधो गरेकी हुन् । एडिथकी बहिनी योहानाका प्रेमी समेत रहेका
विक्टरले दुइ वर्ष पहिले योहानाको हत्या गरेका थिए ।
बहिनी योहानासँग विक्टरको प्रेमसम्बन्ध देखावटी मात्र रहेको र विक्टरले पहिलेदेखि नै आफुलाई माया गर्ने दाबी एडिथको छ । बहिनी मार्ने हत्यारा भएको थाहा हुँदाहुँदै पनि उनले विक्टर निर्दोष रहेको दाबी गर्छिन् । एडिथकी आमाले भने हत्यारासँग छोरीले बिहे गर्न लागेकोमा आपत्ति जनाउँदै एडिथलाई मानसिक समस्या रहेको बताएकी छिन् । बुवा पनि एडिथप्रति आगो छन् र छोरीसँग कहिल्यैपनि भेट नगर्ने बाचा गरेका छन् ।
